काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

युनिलिभर नेपालद्वारा स्वास्थ्य सामाग्री सहयोग

22.68K
shares

युनिलिभर नेपाल लिमिटेडले कोरोना महामारीको दोस्रो विनाशकारी समयमा आफ्नो ग्लोबल आपूर्ति शाखाका नेटवर्कलाई सक्रिय गरी स्वास्थ्य सामाग्री संकलन गरेको छ । मेडिकल तथा आपतकालिन उपकरणहरु, जिल्ला प्रसाशन कार्यालय हेटौंडा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वीरेन्द्र अस्पताल छाउनी र नेपाल उद्योग वाणिज्य महासंघमार्फत स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

अक्सिजन कन्सनट्रेटर्स १२८, एन–९५ माक्स १५००, सर्जिकल ग्लोभ्स ३४००, सु कभर २०००, वर्किङ क्याप २००० र मेडिकल गग्गल २०० पिस सहयोग गरेको हो । विश्वका विभिन्न युनिलिभर व्यवसाय तथा अन्तर्राष्ट्रिय युनिलिभरद्वारा, तत्काल आवश्यकता परेको स्थानहरुमा अक्सिजन कन्सनट्रेटर्सको  योगदान गरिएको छ । मेडिकल क्षेत्रमा अग्र स्थानमा रहि आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने मेडिकल कर्मचारीलाई भाइरसबाट बच्न सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट मुख्य विशेषज्ञ डा.रोशन पोखरेलले युनिलिभर नेपाल लि.लाई कृतज्ञता व्यक्त गरी पत्र लेख्दै, भविष्यमा पनि भाइरस रोकथाममा लड्नका लागि थप सहयोगको अपेक्षा जनाए ।

उपकरण हस्तान्तरण समारोहको समयमा, युनिलिभर नेपाल लि.का प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने, ‘हाम्रो बुझाईमा वर्तमान समयमा, कोभिडको सिकिस्त केसहरुलाई निरन्तर अक्स्जिनको सप्लाई पुग्ने तरिकाले मेडिकल पूर्वाधारको भार कम गर्नुपर्छ । यस्को निम्ति अरु रोगका उपचारका लागि अक्सिजन थेरापीको उपकरणहरु पर्याप्त मात्रामा हुनुपर्छ ।’