सीपीभीआर २०२१ मा ओपोले हात पार्यो १२ अवार्ड
वि.सं.२०७८ असार १६ बुधवार १८:१९
shares

ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फरेन्स (सीपीभीआर) २०२१ मा सहभागिता जनाएको छ । सम्मेलनमार्फत ७ प्रमुख चुनौतीअन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिति जनाएको ओपोले एआई क्षेत्रमा पुर्याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको थियो ।
जसअन्तर्गत कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनीय नवप्रवर्तनका लागि एक पहिलो स्थान, सात ओटा दोस्रो र चार तेस्रो अवार्ड प्रदान गरिएका छन् । सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा ईन्टेलिजेन्ट पर्सेप्शन एण्ड ईन्टरएक्शन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स ईन्स्टिच्यूटका सदस्य सम्मिलित थिए । अनुकूलन र एआई एल्गोरिथमको प्रशिक्षणमार्फत ओपोको एआई क्षमता र जनतालाई अझ सटिक सेवा दिने आफ्नो एआई प्रविधिको क्षमता विस्तारका लागि यो समूह कार्यरत रहेको छ ।
ओपोका चिफ साईन्टिस्ट, ईन्टेलिजेन्ट पर्सेप्शन, एरिक गुओले भने, ‘यस वर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनीय नतिजा पाउँदा हामी निकै हर्षित छौँ । हामीले पहिलो पटक सीपीभीआर २०२० मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्यूशन च्यालेन्जमा धमिला तस्विरलाई सार्प बनाउन सघाउने प्रविधि र फ्यूजन पोजिशनिङगलाई अझ सटिक बनाउन सघाउने भिज्यूअल लोकलाइजेशन फर ह्यान्डहेल्ड डिभाइसेज च्यालेन्ज प्रदर्शित गरेबापत पहिलो स्थान हात पारेका थियौँ ।' यस वर्ष ओपोले जितेका मल्टी एजेन्ट बिहेभियोर, एभीए—काइनेटिक्स र बहूसंख्यक टूडी तस्विरबाट थ्रीडी फेस रिकन्स्ट्रक्शन , फेशियल डिटेक्शन लगायत क्षेत्रअन्तर्गत पर्ने उनले बताए ।
‘यी प्रविधिहरुको प्रयोग घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एण्ड मोबिलिटी लगायत क्षेत्रमा गर्न सकिन्छ’गुओले थपे, ‘ओपोमा हामी एआईले मानिसलाई बुद्धिमता पूर्वक सहज अनुभूति प्रदान गराउन प्रतिबद्ध छौँ ।’
मल्टी-एजेन्ट बिहेभियोर च्यालेन्ज
ओपोले हात पारेका ११ सम्मानमध्ये ३ अवार्ड, एआई मोडलको मानिस र जनावर जस्ता विवेकी प्राणीबीचको कठिन व्यवहार बुझ्ने, वर्णन गर्ने तथा अनुमान गर्ने मल्टी-एजेन्ट बिहेभियोर च्यालेन्जको क्षमता मातहत रहेको छ । नयाँ व्यवहार बुझ्ने श्रेणीअन्तर्गत ओपोले पहिलो स्थान हात पारेको छ । क्लासिक क्लासिफिकेशन अन्तर्गत दोस्रो र एनोटेशन स्टाईल ट्रान्सफरअन्तर्गत तेस्रो स्थान हात पारेको हो । सोही श्रेणीमा सहभागीता जनाएका अन्य २४० सहभागीभन्दा पृथक र अगाडि देखिन कम्पनीको एआई क्षमताले मूख्य भूमिका खेलेको देखिन्छ । यसमा रहेको अल्गोरिथमले कर्मचारीलाई विशेषगरी उत्पादनका मूख्य चरणमा तिनको सुरक्षाका साथै उत्पादनको गुणस्तर सुनिश्चितता तथा परिचालनमा आउने गल्ती न्यूनिकरण गर्न सघाउँदै यही प्रविधिले ओपोको फ्याक्ट्रिमा उल्लेखनीय भूमिका खेलिरहेको छ ।

ओपो यूएस रिसर्च सेन्टरले डेन्स डेप्थ फर अटोनोमस ड्राइभिङ च्यालेन्जमा सहभागिता जनाई टूडी तस्विरका आधारमा सटिक थ्रीडी गहिराईको जानकारी उपलब्ध गराउने प्रविधि प्रदर्शित गरेको थियो । यसका लागि ओपोले स्व. पर्यवेक्षित ट्रयाकको लागि दोस्रो स्थान हात पार्दै ‘नोवेल्टी अवार्ड’ जितेको छ । डिप लर्निङ मोडल्सको प्रयोग गरी साधारण तस्विर बाटै सहजै गहिराई सम्बन्धी जानकारी प्रेशित गर्ने यो प्रविधिले भविस्यमा टीओएफ जस्ता डेप्थ सेन्सरलाई प्रतिस्थापन गरी अझ सटिक ईनडोर र आउटडोर नेभिगेशन अनुभव प्रदान गर्ने सम्भावना प्रबल देखिन्छ ।


























