global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल टेलिकम भैरहवाद्वारा एनटी टीभी ब्राण्डमा आईपी टीभी सेवाको सुरूवात

नेपाल टेलिकम भैरहवाद्वारा एनटी टीभी ब्राण्डमा आईपी टीभी सेवाको सुरूवात

नेपाल टेलिकम भैरहवाद्वारा एनटी टीभी ब्राण्डमा आईपी टीभी सेवाको सुरूवात

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आइतबारदेखि एफटीटीएच (Fiber To The Home-FTTH) मार्फत् आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ । एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण सुरु गरिएको हो ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको बताए । टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टीभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्लेको अवधारणा कार्यान्वयनमा आउने भएको हो । हाल वितरित एनटी टीभी सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानल उपलब्ध रहेका छन् ।

यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानल ग्राहकलाई उपलब्ध हुनेछ । हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टीभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानल र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानल हेर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमले २०७७ पुष १७ गते (१ जनवरी २०२१) मा सर्वप्रथम एनटी टीभी सेवाको वितरण सुरु गरेको थियो । हाल यो सेवा काठमाडौ उपत्यकाबाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।

एनटी टीभी सेवाको प्याकेज तथा दररेट र सेवा उपलब्ध हुने स्थानसम्बन्धी विस्तृत विवरण कम्पनीको वेबसाइट https://ntc.net.np/tariff/ftth-tariff मा उपलब्ध छ ।

प्रकाशित समय : १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु