काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मन्त्रिपरिषद पुनर्गठन विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

14.85K
shares

मन्त्रिपरिषद पुनर्गठनविरूद्ध परेको रिटमा मंगलबार सुनुवाई हुँदै छ । मन्त्रिपरिषद विस्तार विरुद्धको सबै ६ वटै रिटमा सुनुवाइ गर्नेगरी सर्वोच्च अदालतले पेशी तोकेको छ । सबै रिटमाथि आज भर्चुअल माध्यमबाट सुनुवाइ हुने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्रराज ढकालले बताए ।

रिट निवेदकहरूले संविधानविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेको जिकिर गरेका छन् । प्रधानमन्त्रीले जसपाका महन्थ ठाकुर पक्षलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका थिए । ‘विश्वासको मत लिन नसकेका प्रधानमन्त्री संविधानको धारा ७७ (३) अनुसार कामचलाउ भइसकेकाले मन्त्रिपरिषद विस्तार गर्न मिल्दैन । तर, संविधान कुल्चेर मन्त्रिपरिषद पुनर्गठन गरियाे, सो कदम खारेज गर्न माग गरेका छौं,’ अधिवक्ता त्रिपाठीले भने ।