काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

टिपरमा लुकाइछिपाई जंगली बँदेलको मासु लैजाँदै गरेका तीन पक्राउ

15.54K
shares

शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारबाट प्रहरीले टिपरमा अवैधरूपमा जंगली बँदेलको मासु लुकाएर लैजाँदै गरेका तीन जनालाई गएराति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार ना १ ख ५७७२ नंको टिपरमा बँदेलको मासु लग्दै गरेका वेदकोट नगरपालिका-६ का दिनेश चौधरी, शुक्लाफाँटा नगरपालिका-११ का विशाल टमटा र टिपर चालक मानबहादुर सुनार पक्राउ परेका छन् ।

टिपरमा अवैधरूपमा जंगली बँदलेलको मासु लुकाएर लैजाने कार्यमा संलग्न तीनै जनामाथि प्रहरीले अनुसन्धान कार्य अगाडि बढाएको छ । टिपरसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने बताइएको छ ।