६४ एमपीट्रेन्ड सेटिङ क्यामेरा र एमोलेड डिस्प्लेसहित रियलमी ८ सार्वजनिक
वि.सं.२०७८ जेठ २५ मंगलवार १६:१४
shares
रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ । मध्यम रेन्जको नम्बर सिरिज रियलमीको ख्यातिप्राप्त सिरिज हो ।
यो सिरिज तीन वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख विक्रीका साथ मोबाइल फोनको क्षेत्रमा उत्कृष्ट सिरिजका रुपमा देखा परेको छ । रियलमी ८ उत्कृष्ट विकासका साथ ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ फिचरका साथ बजारमा ल्याइएको छ । यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ ।
६४ एमपीए आईक्वाड क्यामेरा, तेजिलो फोटो र उत्कृष्ट रात्रीकालिन फोटो
रियलमी ८ को मूख्य क्यामेराको रुपमा, ६४ एमपी क्यामेरा रहेको छ । साथैं ८ एमपीको ११९ डिग्री वाइड एंगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्ससहित चार क्यामेरा ट्रेन्डसेटिङका नयाँ फिचर रहेका छन् । टिल्ट-सीफ्ट मोडले वास्तविक दुनियाँलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्द दिन सक्छ । यसैगरी रियलमी ८ मा नियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँ एआई प्रोट्रेट र अन्य शैलीगत फिचर रहेका छन् ।
१६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटी, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड रहेका छन् । दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ । यसैगरी यूआईएस म्याक्स भिडियो स्टयावी ल्याइजेसनले स्थिर र स्मुथ चलायमान भिडियो खिच्न सहयोग पुर्याउँछ ।
६.४ इन्च सुपर एमोलेड डिस्प्ले र १००० निट्सेको अधिकतम ब्राइटनेस
रियली ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेको छ । यसमा सधैँ डिस्प्ले बल्ने र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इन-डिस्प्ले सेन्सरको पनि प्रयोग गरेको छ । डिस्प्लेमा १०८० पी एफएचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पलिङ रेट प्रयोग भएको छ । सनलाइट मोडले १ हजार निट्ससम्मको ब्राइटनेस समर्थन गर्दछ । डिस्प्लेमा आँखाको सुरक्षाको डीसी-लाइक डिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकरको प्रावधान रहेको छ ।
३० वाट डार्ट फ्ल्यास चार्ज, ५००० एमएएच व्याट्री
रियलमी ८ को साथ ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ जसले यसमा रहेको ५००० एमएएच व्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सक्छ । यसको चार्जरमा ५ आयाम सुरक्षा प्रविधिले चार्जिङलाई पूर्णतया सूरक्षित बनाउँछ । रियलमी ८ मा रहेको ५००० एमएएच व्याट्री ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टा सम्म टिक्न सक्छ । यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशतमात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ । रियलमी ८ मा विभिन्न एप जस्तै क्विकफ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य व्याट्री अप्टिमाइजेसन फिचर्स रहेका छन् । यसबाट ओटीजी केवलमार्फत अन्य फोन र स्मार्ट डिभाइजलाई चार्ज गर्नसमेत सकिन्छ ।
अनन्त बोल्ड डिजाइन, सिल्म र हलुका
रियलमी ८ ले ट्रेन्डी अनन्त बोल्ड डिजाइनलाई प्रयोग गरेको छ । यो फोन दुई रङ साइवर सिल्भर र साइवर ब्लाकमा उपलब्ध छ । केबल १७७ ग्राम तौलको रियलमी ८ मात्र ८ मिलिमिटर भन्दा कम मोटाइको छ ।
हेलियो जी ९५ गेमिङ प्रोसेसर, कपर लिक्विड कुलिङ टेक्नोलोजी
रियलमी ८- Helio G95 गेमिङ प्रोसेसिङ रहेको छ जसमा दुइ वटा ठूला A75 कोर र ६ वटा साना A55 कोरको प्रयोगले स्पीड २.०५ गेगाहर्ज प्रदान गर्दछ र क्वाड-कोर मालि- जी७६ सीपीयू ले गेम खेल्न थप क्षमतावान बनाउँछ । कपर लिक्विड कुलिङ प्रविधिले कुलिङ प्रभावकारितालाई रियलमी ७ को तुलनामा १४.४ प्रतिशत वृद्धि गरेको छ ।
मूल्य उपलब्धता
८ र्याम र १२८ जीबी स्टोरेजसहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५ हजार ९९० रूपैयाँ रहेको छ ।

























