Nepalese Flag २०७८ साउन १० गते आइतबार   |   July 25, 2021

कोका-कोला फाउन्डेशनद्वारा अक्सिजन उत्पादन युनिटका लागि सहयोग

न्युज कारोबार काठमाडौं जेठ २१, २०७८       

कोका-कोला फाउन्डेशनद्वारा अक्सिजन उत्पादन युनिटका लागि सहयोग

कोका-कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ । कोरोनाभाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि फाउन्डेशनले उक्त सहयोग गरेको हो ।

यो युनिट कोभिड-१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणमध्येको एक हो । यो रकम कोका-कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो । यो दुवै सडक र हवाइद्वारा परिवहन योग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिन्छ । यी युनिट नेपालका धेरै अस्पतालमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्या पनि पैदा नहुने फाउन्डेशनले जनाएको छ । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डरसम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ । फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रियसन र यसका कन्सोर्टियम पार्टनरको साथमा १० वटा युनिटको माग गरिसकेको छ ।

कोका-कोला फाउन्डेशनका प्रेसिडेन्ट र अक्ष्यक्ष बीए पेरेजले भने 'हामीलाई थाहा छ कि हामी कोभिड-१९ को संकटबाट अझै पूर्ण रुपले मुक्त भएका छैनौँ । हामी नेपालमा कोभिड-१९ का बिरामीको लागि थप अक्सिजनको उपलब्धता सिजर्ना गर्ने क्रियसनको प्रयासलाई समर्थन गर्दछौँ र यसमा हामीले हाम्रो स्रोतहरु प्रयोग गर्न पाउँदा निकै गर्व महसुस गरेका छौँ।' अक्सिजन उत्पादन गर्ने युनिटले २० हजारभन्दा बढी मानिसलाई लाइफसेभिङ अक्सिजनको सप्लाईले ठूलो फाइदा हुनेछ । १८ हजारभन्दा बढी अस्पतालको बेडले एक वर्षसम्म नियमित अक्सिजनको सप्लाई पाउँनेछन् र ५ हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीलाई दिइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुनेछ ।

क्रियसनका फाउन्डर र प्रेसिडेन्ट आनन्द मिश्राले भने, 'अन्य प्लेटफर्मसँगको सहकार्यमा क्रियसनले सुरु गरेको अक्सिजन फर नेपाल नेपालमा कोभिड-१९ विरुद्ध सबैभन्दा ठूलो गैर-सरकारी ह्युमानिटेरियन रेस्पन्स हो । हामीले यस महामारीको लागि आर्थिक संकलन गरेर र आवश्यक चिकित्सा वस्तुको माध्यमबाट निरन्तर जवाफ दिइरहेका छौँ ।'

सम्बन्धित खबरहरु