खनाल-नेपाल पक्षीय १७ जनसंगठनको चेतावनी- नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन तयार छाैं
वि.सं.२०७८ जेठ २१ शुक्रवार ००:०५
shares

नेकपा एमालेकाे खनाल-नेपाल पक्षीय जनसंगठनहरूले प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए नयाँ पार्टी गठन हुने चेतावनी दिएका छन् । नेपाल निकटका १७ जनवर्गीय संगठनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संविधान पार्टी विधान र पद्धतिविरूद्ध गरिएका सम्पूर्ण निर्णय सच्याएर एकतावद्ध एमाले बनाउन आग्रह गरेका छन् ।
'पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरूलई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाइयोस् । त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जानसक्छ । त्यस्तो अवस्था आएमा हामी त्यस्तो हुन दिने छैनौं,' उनीहरूले भनेका छन्,'जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति नयाँ शिराबाट एकतावद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनु पर्नेछ ।' इतिहासकाे याे आदेश र आवश्यकताका निम्ती नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन तयार रहेकाे जनवर्गीय संगठनहरूले जानकारी गराएका छन् ।
विज्ञप्ति :

























