थप ५ हजार ८२५ जनामा कोरोना पुष्टि, ७५ जनाको मृत्यु
वि.सं.२०७८ जेठ २० बिहीवार २२:५५
shares

नेपालमा पछिल्लो २४ घण्टामा १८ हजार ५६२ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ३ हजार २११ जनाको एन्टिजेन परीक्षणमा एक हजार जनामा संक्रमण देखा परेको छ ।
आज पीसीआर र एन्टिजेन परीक्षण गरी देशभर ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ । बुधबार कोरोनाबाट १०१ जनाको मृत्यु भएकोमा आज भने केही घटेको छ । आज ७५ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनाबाट ७ हजार ६३० जनाको मृत्यु भएको छ ।
त्यस्तै आज ५ हजार ९०४ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । बिहीबार सक्रिय संक्रमितको संख्या बुधबार भन्दा केही घटेको छ । हाल देशभर सक्रिय संक्रमितको १ लाख १ हजार ८३९ छन् । बुधबार सक्रिय संक्रमितको संख्या १ लाख ४ हजार ७८९ थिए ।

























