काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हौसला बढाउन संक्रमितका घरघरमा पुगेर परामर्श

13.31K
shares

कोरोनाभाइरसका संक्रमितको हौसला बढाउन जनप्रतिनिधि तथा सरकारी अधिकारीहरूले घरघरमा पुगेर सुझाव र परामर्श दिन थालेका छन् । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा भएको छलफलका आधारमा मंगलबार तीन वटा टोली नै बनाई संक्रमितलाई घरैमा पुगेर भेटघाट गर्दै परामर्श दिइएको हो ।

तीन टोलीले फिदिमको वडा नं १, २ र ४ मा रहेका संक्रमितलाई घरैमा पुगेर होमआइसोलेशनको अवस्था बुझ्ने, स्वास्थ्य अवस्थाको जानकारी लिने, होमआइसोलेशनमा बस्न समस्या रहेको भए सोको जानकारी लिने तथा आवश्यक सुझाव र परामर्श दिने काम गरेको हो । जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल, फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारी, प्रहरी नायब उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदी, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सञ्जीव यादव, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटा, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष गिरिराज बाँस्कोटालगायत टोलीमा सहभागी थिए ।

टोलीमा वडाध्यक्षहरू गजाधर भट्टराई, सुकपाल तुम्बापो र प्रकाश गुरुङ तथा वडा सदस्यलगायत जनप्रतिनिधिहरू सहभागी थिए । सो अवसरमा परामर्शसहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले तयार पारेको शरीरको प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिसमेत संक्रमितलाई वितरण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी ढकालले विशेषतः सदरमुकाम फिदिममा होमआइसोलेशनको मापदण्ड पालना नभएको, संक्रमितले समस्या भोग्नुपरेकोलगायत गुनासा सुनिएपछि संक्रमितको अवस्था बुझ्न टोली नै बनाई अनुगमन गरिएको बताए । कतिपय संक्रमितहरू संक्रमणका कारण समस्या र मानसिक तनावमासमेत परेको अवस्थामा घरघरमा पुगेर सबैले सान्त्वना दिने प्रयास गरिएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुखसापकोटाले कोरोनाको संक्रमण महामारीका रूपमा फैलिएकाले यसलाई सबैले सामान्य रूपमा लिई उच्च सतर्कताका साथ परिवारका सदस्यलाई सहयोग गर्न, अप्ठ्यारो परे स्वास्थ्यकर्मीको परामर्श लिन वा अस्पताल भर्ना हुन भेटघाटमार्फत सुझाव दिइएको बताए । जिससका प्रमुख, प्रजिअ लगायतले यसअघि फिदिमबाहिर हिलिहाङ र याङबारक गाउँपालिकामा रहेका संक्रमितहरूलाईसमेत घरैमा गएर भेटी हौसला दिएका थिए । पाँचथरमा हालसम्म ८०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । तीमध्ये आधाभन्दा बढी संक्रमित फिदिम नगरपालिकाभित्र रहेका छन् ।