काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सामान्य औषधिबाटै संक्रमितलाई जोगाउन सकिने

11.68K
shares

कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगिसकेको छ । एक वर्षअघिको भयावह अवस्थाबाट ओरालो लागेका मानिए पनि पछिल्ला केही समययतादेखि फेरि कोरोनाको नयाँ भेरियन्टले संसारभरका मानिसलाई गाँज्दै लगेको छ ।

पहिलो चरणको भन्दा दोस्रो चरणको संक्रमण तीव्र गतिमा फैलिइरहेको र बढी संक्रमक रहेको चिकित्सिकहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठनको पछिल्लो अनुमान अनुसार विश्वभर करिब ८० लाख व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ । अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । यसको कुनै ठोस उपचार पद्धति पनि फेला परेको छैन । विश्वका वैज्ञानिक र चिकित्सक यसको उपचारबारे अलमलमै छन् । चिकित्सकले संक्रमितमा देखिएको लक्षण अनुसार उपचार गरिरहेका छन् ।

संक्रमित व्यक्तिमा ज्यादा जसो उच्च ज्वरो आउने, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । ‘भेरियन्ट’ कोरोना विषाणुबाट संक्रमित कतिपय व्यक्तिमा अत्यन्तै गम्भीर तथा घातक लक्षणहरु देखापरेका छन् ।  नयाँ भेरियन्टको संक्रमण देखिएका व्यक्तिमा अक्सिनजको कमी हुने लक्षण पाइएको छ । अक्सिजनसहितको सघन उपचारको जोहो हुन नसक्दा कतिपय संक्रमितले अनाहकमै ज्यान गुमाइरहेका छन् । नेपाललगायत छिमेकी भारतमा पनि अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएका समाचार सार्वजनिक भएका छन् ।

औषधि र उपचार पद्धति फेला परिनसकेको भए पनि उच्च सावधानी र प्रचलनमा रहेका सामान्य औषधिको प्रयोगबाट संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ । लामो समय अमेरिकामा रहेर स्वास्थ्य अनुसन्धानमा जुटिरहेका डा. संजिव ह्योजुले अहिले आफूले गरेको अनुसन्धानबाट निस्केको निष्कर्ष अनुसार संक्रमितलाई उपचार गर्न सुझाव दिइरहेको छ । उनका अनुसार संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सामान्य खालका औषधिको प्रयोग नै प्रभावकारी देखिएको छ । डा. ह्योजुले भर्चुअल माध्यमबाट बिरामीको उच्च रक्तचाप, पल्स र अक्सिजन परीक्षणका आधारमा क्लोनिडाइन ट्याब्लेट (लोनिड १०००, डेक्जामेथासोन ट्याब्लेड (डेक्जिन) र फामोटिडाइन ट्याब्लेड (फाम–४०० ) प्रयोग गर्न सुझाइरहेको छ । तीनै थरी औषधिको मूल्य अत्यन्त न्यून रहेको छ । उचित स्वास्थ्य सल्लाहको अभावमा सामान्य अवस्थाका संक्रमितले पनि कडा र महंगो औषधि सेवन गर्न बाध्य हुने र त्यसबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले सक्दो सहयोग गर्दैआएको उनी बताउछन् ।

कुलेश्वरका शान्तश्री रत्न बज्राचार्य आफ्नो परिवारका सबै सदस्य संक्रमित भए पनि डा. ह्योजुको सल्लाह र उनले सिफारिस गरेका सामान्य औषधिको प्रयोगबाट विस्तार विस्तारै संक्रमण मुक्त हुनसकेको बताउछन् । केटाकेटी बाहेक परिवारका सबै सदस्यको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र अधिकांश अक्सिजनसमेत दिनुपर्ने अवस्थामा पुगेपछि आत्तिएका उनीहरुले डा. ह्योजुले सिफारिस गरेका औषधिको सेवन गर्न थाले र त्यसैबाट कोरोना वीषाणुको संक्रमणलाई जित्न सफल भए । बज्राचार्य पहिले आफू संक्रमणमुक्त भए र त्यसपछि परिवारजनको स्याहारमा उनी लागे ।

बजाचार्यका वृद्धा आमाको देहान्त हुनुअघि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । डा ह्योजु अमेरिकाको सिकागो विश्वविद्यालयमा व्याक्टेरिया, भाइरस र इम्यून सिस्टममा विद्यावारिधिकाका लागि शोध गर्दै छन् । कोरोना भाइरसमाथि गरेकत्र गहिरो अनुसन्धान र यसको उपचारमा संगालेको अनुभवको आधारमा डा. ह्योजुले यी औषधिको सिफारिस गरिरहेका छन् । जसमा नाम मात्रैको खर्च हुन्छ र खासै झण्झट व्योहोर्नुपर्दैन । डा. ह्योजुले ‘फ्रि अनलाइन हेल्थ क्लिनक नेपाल’ फेसबुक पेजमार्फत अनलाइनबाटै कोरोना संक्रमितको अवस्था बुझ्ने र सुझाव दिने गरिरहेका छन् । आफ्नो सुझाव र औषधिको सेवनबाट थुप्रै संक्रमित गम्भीर अवस्थामा पुग्नबाट जोगिएको डा. ह्योजुको दावी छ । (रासस)