काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाललाई तत्काल कोरोना खोप उपलब्ध गराउन सक्ने सम्भावना छैन : सिरम इन्स्टिच्युट

13.82K
shares

भारतीय कम्पनी सिरम इन्स्टिच्युटले नेपाललाई तत्काल कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नसक्ने जनाएकाे छ । नेपालले सिरमबाट खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन । नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको साे परिमाण बराबरकाे खोप सिरमले पुसअघि दिन नसक्ने जनाएको हो ।

समाचार एजेन्सी रोयटर्सले सिरम इन्स्टिच्युटका अधिकारीहरुलाई उद्धत गर्दै सो समाचार प्रकाशन गरेकाे छ । भारतमा कोरोना महामारीको नयाँ लहर सुरु भएपछि भारतीय सरकारले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको छ । सिरमले कोभ्याक्स र अन्य देशहरुलाई २०२१ को अन्त्यतिरबाट मात्रै खोप निर्यात सुरु हुने अपेक्षा लिएको जनाएको छ ।

'भारतीय जनताको जीवनको मूल्यमा हामीले खोपको निर्यात कहिले पनि गर्ने छैनौँ भनेर दोहोर्‍याउन चाहन्छौं । देशको खोप लगाउने अभियानमा गर्नुपर्ने सबै कुरा गर्न हामी प्रतिवद्ध रहेका छौँ,' सिरमले विज्ञप्तिमा भनेको छ । कोरोना संक्रमणितको संख्या बढेपछि भारतले एक महिनाअघि नै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । त्यसअघि भारतले ६ करोड ६० लाख डोज खोप विभिन्न देशलाई बिक्री तथा अनुदानमा दिएको थियो ।