काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फाइभजीको लागि ६ गिगाहर्जको लाइसेन्स दिन सरकारसमक्ष आग्रह

14.28K
shares

सरकारले ६ गिगाहर्जको लाइसेन्स दिन नसकेमा 5G को ग्लोबल भविष्य जोखिममा हुने GSMA ले बताएको छ । 5G को पूर्णगति र क्षमता ६ गिगाहर्ज  मिड-ब्यान्ड स्पेक्ट्रममा निर्भर गर्दछ । चीनले 5G को लागि ६ गिगाहर्ज ब्यान्डमा १२ सय मेघाहर्ज प्रयोग गर्नेछ । युरोपले ब्यान्डलाई विभाजित गरेको छ । 

माथिल्लो भाग ५G को लागि राखियो तर नयाँ ५ सय मेघाहर्ज ट्रान्च वाइफाइको लागि उपलब्ध छ । अफ्रिका र मध्यपूर्वका केही देशहरुले पनि यस्तै दृष्टिकोण अपनाइरहेका छन् । अर्को चरममा, अमेरिका र धेरै ल्याटिन अमेरिकाले घोषणा गरेको छ कि यो बहुमूल्य रिसोर्समध्ये कुनै पनि 5G लागि उपलब्ध हुने छैन । बरु वाइफाइ र अन्य लाइसेन्सविहीन टेक्नोलोजीलाई प्रदान गरिने छ ।

६ मेघाहर्ज ब्यान्ड सामाजिक समावेशीकरणका लागि कनेक्टिभिटी प्रदान गर्ने मोबाइल नेटवर्क अपरेटरको लागि मात्र नभई स्मार्ट सहर, यातायात र कारखानाको लागि डाटा गति र क्षमता पुर्‍याउन पनि आवश्यक छ । 5G नेटवर्कलाई यसको पूर्ण क्षमता पुग्न मिड-ब्यान्ड स्पेक्ट्रमको २ गिगाहर्ज आवश्यक पर्ने अनुमान गरिएको छ । 5G ले सबै उद्योग र क्षेत्रको डिजिटल रूपान्तरणको गति बढाइरहेको छ जसले नयाँ इनोभेसनको बहावलाई पैदा गरी अर्बाैंलाई फाइदा पुर्‍यायाउँछ ।

यो प्रविधि वातावरण र जलवायुका लक्ष्यहरूको लागि महत्वपूर्ण छ किनकि कनेक्टिभिटीले कार्बनलाई प्रतिस्थापन गर्दछ। सबै प्रयोगकर्तासम्म पुग्नको लागि, उद्योगलाई ६ गिगाहर्ज ब्यान्डले दिने अतिरिक्त क्षमताको आवश्यक पर्दछ।

GSMA ले यी कारणले सरकारलाई आह्वान गर्दछ :

•    कम्तिमा ६४२५-७१२५ मेघाहर्ज 5G लाइसेन्सको लागि उपलब्ध हुनपर्छ ।

•    ब्याकहल सेवाहरू सुनिश्चित गर्नु पर्छ ।

•    देशको आवश्यकता, निर्बाध प्रयोग र फाइबर फुटप्रिन्टमा निर्भर रहँदै, ६ गिगाहर्जको तल्लो आधा भागको ५९२५-६४२५ छुट आधारमा टेक्नोलोजी तटस्थ नियमको साथ खोल्न सकिन्छ ।