काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नबिल बैंकको वेबसाइटमार्फत नबिल आई कार्डको निवेदन गर्न पाइने

30.09K
shares

नबिल बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी बैंकको वेवसाइटमार्फत नबिल आई कार्ड (ICard ) को लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । यस नयाँ सुविधामार्फत नबिल बैंकमा खाता भएका ग्राहकले 'Nabil ICard'  सेक्सनमा https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard मा गई  'Apply now' विकल्प छानी नबिल ICard को लागि निवेदन दिई , आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन ।

यो कार्डसम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेवसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसंग सन्दर्भ गर्न सक्दछन्। थप जानकारीका लागि ग्राहकले बैंकको ग्राहक सेवा केन्द्रमा ९०१–५९७००१५० सम्पर्क गर्न सक्नेछन्।

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीको समयमा आफ्नो ग्राहकको हीत तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नया सुविधा ल्याएको छ ।