थप ७ हजार ३१६ जनामा कोरोना पुष्टि, १४५ जनाको मृत्यु
वि.सं.२०७८ जेठ २ आइतवार २२:५८
shares

नेपालमा पछिल्लो घण्टामा १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जना र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आइतबार देशभर ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज कोरोनाबाट थप १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार १६३ रहेको छ । जसमध्ये ७०१ जना क्वारेन्टिनमा छन् ।
आज थप ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

























