पापी रोग
वि.सं.२०७८ वैशाख ३१ शुक्रवार २०:५१
shares

बिछ्यौनामा लम्पसार छ शरीर
घरीघरी सारा शरीर पीडाले
छट्पटिन्छ ।
निशब्द मन भित्रभित्रै
तड्पिन्छ ।
नत देख्छ सुन्दरता यसले
नत देख्छ हैसियत यसले
नत बुझ्छ मौसमको भाषा
नतमस्तक भएर एकोहोरो
टुलुटुलु हेरिरहन्छ ।
मौसम गज्रिन्छ
बादल कालो कालो भएर
चट्याङको ध्वनि प्रतिध्वनि
भइरहन्छ ।
एक तमास हरपल छट्पटिन्छ
मनहरु
आगोको भुमरीमा परेर
कोही तड्पेझैं
कुनै नर्कभन्दा कमी छैन
यि हर क्षणहरु
कहिले आगोको भुंग्रोझैं
तताउने
कहिले सारा शरीर लुछेर
सताउने
कहिले खोक्दा खोक्दा
सारा शरीर थकाउने
कहिले मुर्छा परेर
हताश बनाउने
गर्भासय भई बच्चा जन्माउने
गरिने हरेक प्रशव पीडाको
नै याद दिलाउने
उमिद छैन केही बाचिन्छ
या मरिन्छ
आखाका भरी अश्रुधारा बोकेर पनि
ओठमा मुस्कान दर्शाउने ।
उठ्न खोज्यो शरीर उठ्दै उठ्दैन
खाना खान खोज्यो केही
रुच्दै रुच्दैन
बोल्न खोज्यो कोहीसँग
मन नै मान्दैन ।
हात खुट्टा सारा कापेका छन्
शरीर सारा आगोझैं तातेका छन
झर्नै खोज्छन् टाउको अनि आँखा
अब हर कुरा मातेका छन ।
सोच्दिन भन्यो अनेक थरी
सोचले डेरा जमाउने
यो स्वार्थी संसारमा
आमाको झल्कोले घरी घरी
सताउने ।
बाबाको माया
घरपरिवार सबैलाई
पीर कसरी दिलाउने
जान्छु भनेर हुन्न
न त जान्न भनेर हुन्छ
सबैको मायककां मनभरी
बोकी कसरी हराउने ।
यो पापी रोगले आफैंसँंग
हरेश खुवाउँछ
त्यो सानो बालक सम्झी
हरपल मलाई रुवाउँछ ।
आमाको न्यानो काखमा
बस्न मन कति हो कति लाग्ने
संसारमा हरेक पीडाले
सताउँदा आमाकै झ–झल्को
कति हो कति आउने ।
यो पापी रोग कहिले पो
हराउने
संसार सारा मान्छेको
शरीरमा पसी
कहिलेसम्म हो तहल्का
मच्चाउने ।।

























