रुकेटेन भाइबरले ग्रुप भिडियो कलमा सहभागीको संख्या ३० बनायो
वि.सं.२०७८ वैशाख २९ बुधवार २१:३६
shares

निशुल्क र सुरक्षित सञ्चारको माध्यम म्यासेजिङ एप रुकेटेन भाइबरले विश्वभर एकै कलमा ३० जनासम्म सहभागीले एकैपटक सामूहिक भिडियो कल गर्नसक्ने क्षमताको विस्तार गरेको छ । लकडाउनको भयावह अवस्थामा विस्तार गरिएको अधिकतम ३० जनासम्म प्रयोकर्ताको क्षमता बढाइएको ग्रुप भिडियो कल विद्यालय र शैक्षिक परामर्शको लागि सही समाधान बनेको छ । 'भाइबर नेपालमा लोकप्रिय अत्यन्तै लाेकप्रिय म्यासेजिङ एप हो । हामी निरन्तर रूपमा हाम्रो प्लेटफर्मको बेग्लै स्तराेन्तति गर्ने कार्य गरिरहेका छ,' राकुटेन भाइबरका सीजीओ आना जमेन्स्कायाले भने ।
ग्रुप भिडियो कल गर्न प्रयोगकर्ताले निम्न कार्य गर्नुपर्छ :
• स्क्रिनको माथि भएको भिडियो बटन थिच्ने । अथवा चलिरहेको भिडियो कलमा अन्य सहभागीहरू जोड्ने । वा भइरहेको सहभागीलाई सिधा कल गरेर सहभागी रोज्न सक्नेछन् ।
• सहभागी परिवार, साथीभाइसँग रमाउन सक्नेछन् ।
भाइबरले नेपालमा गरेको एउटा स्वेच्छिक मत सर्वेक्षणमा बताएका छन् कि १२ प्रतिशत सहभागीले यस वर्ष विद्यालयको दाैरान शैक्षिक सम्बद्ध कार्यका लागि भाइबर प्रयोग गरेका छन् । २८.७१ प्रतिशत सहभागीले साथीसँग भेट्नको लागि भाइबर ग्रुप भिडियो कल प्रभावकारी माध्यम भएको बताएका छन् ।

























