काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सरकारले तोक्यो रेम्डेसिभिर औषधिको मूल्य र पाइने पसल

16.44K
shares

कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधिको मूल्यमा एकरूपता ल्याउन र कालाेबजारी राेक्न सरकारले कदम चालेकाे छ । यसका लागि रेम्डेसिभिरकाे मूल्य र याे औषधि उपलब्ध हुने पसल तोकिएकाे छ । रेम्डेसिभिर औषधि सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि आधिकारिक आयतकर्ता आयन हेल्थकेयर, यूएनपार्कबाट खरिद गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेकाे सूचनामा जनाइएकाे छ ।

सूचनामा उल्लेख भएअनुसार प्रतिभाएल रेम्डेसिभिरको मूल्य  ४ हजार ९ सय रुपैयाँ ताेकिएकाे छ । खरीदका लागि चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र आवश्यक पर्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

मन्त्रालयद्वारा जारी सूचना :