काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजारमा झिनो सुधार, तीन कम्पनीको कारोबारमा सर्किट

22.79K
shares

बुधबार सेयर बजारमा झिनो अंकले बढेको छ । धितोपत्र बजारमा सेयर मापक नेप्से परिसूचक ०.५६ अंकले बढेर दुई हजार ६७३.८८ अंकमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक ०.१४ अंकले बढेर ४७८.३८ अंकमा उक्लेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ कम्पनीमध्ये आज ७ कम्पनीको सेयर सकारात्मक देखिएको छ भने बाँकीको सेयरमा रताम्ये देखिएको छ । आज बैंकिङ ३.४२, व्यापार ४१.२, होटल तथा पर्यटन ६.९६, अन्य १९.२१, लघुवित्त १७.८, जीवन बिमा ६६.८६ अंकले घटेका छन् भने विकास बैंक ३.८१, जलविद्युत ३१.७९, वित्त १५, निर्जीवन बिमा ३१.६, उत्पादनमुलक १००.६६, सामुहिक लगानी कोष ०.०६ र लगानी समूह ०.७६ अंकले बढेका छन् ।

२१५ कम्पनीको एक करोड ४८ लाख ५४ लाख ४२२ कित्ता पाँच अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै आज तीन कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । नारायणी विकास बैंक, अंखु खोला जलविद्युत कम्पनी र बोटल नेपाल तराईको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।