काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

15.56K
shares

गण्डकी प्रदेशमा 'सत्ताकाे खेल' उत्कर्षमा पुग्दै जाँदा राष्ट्रिय जनमोर्चाकाे आन्तरिक किचलाेले सबैकाे ध्यान तानेकाे छ । सत्ता गठबन्धनमा निर्णायक बनेकाे जनमाेर्चाले गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट कृष्ण थापालाई हटाएको छ ।

बुधबार राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दर्ता गरेकी छन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको निर्देशन पालना नगरेको भन्दै बुधबार नै थापालाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।

पार्टीको निर्णय विपरीतका कामकारबाहीमा संलग्न रहेको भन्दै बुधबारदेखि नै लागू हुने गरी संसदीय दलको नेताबाट थापालाई हटाएको सचेतक थापाले सचिवालयमा दर्ता गरेको पत्रमा उल्लेख छ । १२ वैशाखमा कृष्ण थापाकै अध्यक्षतामा पोखरामा बसेको संसदीय दलको बैठकले नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहित मिरेर सरकार निर्माण गर्ने कार्यलाई समर्थन गर्ने गरी भएको निर्णयविपरीत कार्य गरेको भन्दै उनलाई दलको नताबाट हटाइएको पत्रमा जनाइएकाे छ ।

हेर्नुहाेस् पत्र :