काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णालीमा तीन मन्त्री नियुक्त, दुई पदमुक्त 

21.67K
shares

कर्णाली प्रदेश सरकारमा तीन मन्त्री नियुक्त भएका छन् भने दुई जनाले राजीनामा दिएका छन् । बुधबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । यसअघि २०७४ माघमा नियुक्त भएका मन्त्रीद्वय बिमला केसी र नरेश भण्डारीलाई हटाएर माओवादी केन्द्रका तीन जनालाई मन्त्रीमा नियुक्त गरिएको हो ।

मुख्यमन्त्री कार्यालय स्रोतकाअनुसार मन्त्रीमा नियुक्त हुनेमा सुर्खेतका विन्दमान बिष्ट र सीता नेपाली तथा रुकुम पश्चिमका गोपाल शर्मा छन् । विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, नेपालीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलश्रोत मन्त्रालय र शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दिएको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारका प्रवक्तासमेत रहेकी केसी र मन्त्री भण्डारीले राजीनामा दिएका थिए । बैठकमा नै मुख्यमन्त्रीले दुवै मन्त्रीको राजीनामा स्वीकृत गरेर नयाँ मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माका अनुसार मन्त्री नियुक्तिबारे औपचारिक जानकारी केही बेरपछि आउने बताए । उनकाअनुसार नवनियुक्त मन्त्रीलाई आजै सपथ खुवाउने तयारीमा मुख्यमन्त्री कार्यालय जुटेको छ ।