Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

महामारीमा यौनजन्य र बाल हिंसा भए खबर गर्न प्रहरीको आग्रह

न्युज कारोबार काठमाडौं वैशाख २९, २०७८       

महामारीमा यौनजन्य र बाल हिंसा भए खबर गर्न प्रहरीको आग्रह

कोभिड-१९ को महामारीमा प्रायः जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तोमा अधिकांश मानिस घरमा छन् । प्रहरी प्रधान कार्यालयले घरमा हुने हिंसा, यौनजन्य हिंसा र लैंगिक हिंसा भएमा खबर गर्न आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयले हिंसा सहेर नबस्न सबैलाई आग्रह गरेको छ ।

निर्देशनालयले भनेको छ, ‘लैंगिक हिंसासम्बन्धी गुनासाेका  लागि प्रहरीको टाेल फ्रि नम्बर १०० र बालबालिकासम्बन्धी गुनासाेका लागि १०४ नम्बरमा सम्पर्क गरौं ।’ कोभिड महामारीको बीचमा पनि प्रहरीले हिंसा तत्काल सम्वोधन गर्न र गुनासो सुन्ने संयन्त्र विकास गरेको छ । महामारीमा हिंसा बढ्न सक्ने भन्दै प्रहरी प्रधान कार्यालयले सचेत हुन सवैलाई आग्रह गरेको छ ।

सम्बन्धित खबरहरु