गृहपृष्ठ ओपो ‘टप ५० क्यान्टार ब्राण्ड्जी चाइनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१’को छैठौँ स्थानमा
ओपो ‘टप ५० क्यान्टार ब्राण्ड्जी चाइनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१’को छैठौँ स्थानमा
शन्चनमा गुगल र क्यान्टारद्वारा संयुक्त रुपमा प्रकाशित दि टप ५० क्यान्टार ब्राण्ड्जी चाइनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१ र्यांकिङ रिपोर्ट सार्वजनिक गरिएको छ । सो रिपोर्टमा ओपो आउटस्ट्यान्डिङ चाइनिज ग्लोबल ब्राण्ड ब्यूल्डरका रुपमा छनोट हुँदै छैठौँ स्थानमा पर्न सफल भएको छ ।
विकसित बजारमा ओपोको ब्राण्ड पावरमा सन् २०१८ देखि निरन्तर वृद्धि हुँदै ३० प्रतिशतभन्दा बढीको कम्पाउण्ड ग्रोथ रेट हात पार्दै आएको छ । उदयीमान बजारमा आउटस्ट्यान्डिङ ब्राण्ड पावरका साथमा दोस्रो स्थान प्रदान गरिएको छ । अग्रणी ग्लोबल स्मार्ट डिभाइस ब्राण्डका रुपमा लगातार ५ वर्षदेखि ओपो सूचीमा सम्मिलित रहँदै आएको छ । साथै, कम्पनीको र्यांकिङ प्रभावशाली उपलब्धि र विश्व बजारमा बढ्दो ब्राण्ड प्रभावका कारण निरन्तर उत्कृष्टता उन्मुख रहँदै आएको छ । ओपोका ग्लोबल सिनियर ब्राण्ड डिरेक्टर डेरेक सनले भने, ‘सूचीमा ओपोले यस्तो सम्मानित श्रेणी पाउँदा हामी निकै उत्साहित छौँ । विदेशी बजार प्रवेश गरिरहेका चिनियाँ ब्राण्डमध्ये ओपोले सधैँ उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्दै तत्परताका साथ तिनका लागि नवप्रवर्तनात्मक उत्पादन पस्किँदै आइरहेको छ ।'
उनले उपभोक्ताको जीवनमा उत्कृष्टता प्रदान गर्दै ब्राण्ड प्रभाव बढाउँदै लाने प्रतिबद्धता जनाए । चाइना ब्राण्ड एक्सिलिरेटर क्लस्टर अफ गुगलका ग्रुप हेड शनशान शेंगले पनि ओपोको उपलब्धिका लागि बधाई दिँदै सम्मान व्यक्त गरे । ‘चिनियाँ ब्राण्डको प्रभाव विश्वब्यापी रुपमा बढ्दो छ । अझ धेरै चिनियाँ ब्राण्डलाई अवसर अन्वेषण, अवसर हात पार्न तथा तिनका ब्राण्डलाई अन्तर राष्ट्रिय मञ्चमा अझ माथि उक्लन अवसर सिर्जना गर्ने कार्यमा सघाउने हाम्रो चाहना छ,' ग्रुप हेड शनशान शेंगले भने ।
क्यान्टार ब्राण्डजी ब्राण्ड इक्विटी र मूल्यांकन ज्ञान र अन्तर्दृष्टिका लागि विश्वकै अग्रणी स्रोत हो । यसले विश्वभरका ११ बजारमा रहेका ८ लाख ६० हजार उपभोक्ताको सोधमार्फत उद्देश्यपूर्ण रुपमा विश्वब्यापी उपभोक्ताहरुको मस्तिस्कमा ब्राण्डको भ्यालू प्रस्तुत गर्दछ । सन् २००९ मा अन्तर्राष्ट्रिय अपरेशन सुरु गरेदेखि हाल आपोले आफ्नो आधिकारिक उपस्थिति विश्वव्यापी ६ महादीपमा रहेका ४० बजारमा जनाइसकेको छ । आईडीसीका अनुसार विश्वमै चौँथो स्थान हात पार्दै सन् २०२१को पहिलो क्वार्टरमा ओपोले विश्व मार्केट सेयरको १०.८ प्रतिशत हिस्सा ओगटेको छ ।
प्रकाशित समय : १९:५९ बजे