Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

कोरोनाबाट रेडियो नेपालका इन्जिनीयरको निधन

न्युज कारोबार काठमाडौं वैशाख २४, २०७८       

कोरोनाबाट रेडियो नेपालका इन्जिनीयरको निधन फाइल तस्बिर

कोरोना भाइरस संक्रमणका कारण रेडियो नेपाल प्रादेशिक प्रशारण केन्द्र दिपायलमा कार्यरत एक प्राविधिक इन्जिनीयरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा डीएसपी इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उनी रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा प्राविधिक इन्जिनीयर पदमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि कोरोना परीक्षण गर्दा उनको पीसीआर पोजेटिभ देखिएको थियो । उनलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी दिए । उनीसहित कोरोना भाइरसको संक्रणबाट जिल्लामा मृत्यु हुनेको संख्या चार पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी दोस्रो व्यक्ति हो । शव नेपाली सेनाले आजै अन्त्येष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । (रासस)

सम्बन्धित खबरहरु