गृहपृष्ठ च्याम्पियन्स लिग फुटबल : चेल्सी फाइनलमा प्रवेश
च्याम्पियन्स लिग फुटबल : चेल्सी फाइनलमा प्रवेश
च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडलाई हराउँदै चेल्सी फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी फाइनल प्रवेश गरेको हो ।
प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजासहित फाइनल प्रवेश गरेको हो । दोस्रो लिगको खेलमा चेल्सीलाई जित दिलाउन टिमाे वार्नर र मिसन माउण्टले एक एक गोल गरे । काइ हभार्ट्जको प्रहार पोस्टमा लागेर फर्किदा वार्नरले २८ औं मिनेटमा हेडमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेल सकिन ५ मिनेटअघि माउन्टले चेल्सीका लागि दोस्रो गोल गरे । पुलिसिकले डिबक्सभित्र उपलब्ध गराएको चलाखीपूर्ण पासमा माउन्टले गोल गरेका हुन् । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल खेल्नेछ ।
प्रकाशित समय : १५:४९ बजे


















