प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नागरिक एपको सुरूवात
वि.सं.२०७८ वैशाख २० सोमवार १८:५६
shares

चौथो राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा नागरिक एपको सुरूवात भएको छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नागरिक एपको सुरूवात गरेका हुन् ।
प्रधानमन्त्री ओलीले एपको सुरूवात गर्दै उक्त एपमार्फत नेपाल बैंक लिमिटेडमा अनलाइन खाता खोलेका छन् । नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्ड सहितका विवरण समावेश गरिएको छ । नागरिक एपमा रहेको क्यूआर कोड प्रयोग गरी अनलाईनबाट बैंक खाता, लोक सेवा फाराम भर्न, सिमकार्ड खरिदका साथै पहिचान आवश्यक पर्ने सबै स्थानमा उपयोगी हुनेछ ।
नेपाल बैंक लिमिटेडले देशभर रहेका २०७ शाखा, ४१ एक्स्टेन्सन काउण्टर, १४६ वटा एटिएम सहित डिजिटल बैंकिङमार्फत उच्चतम बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

























