काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘कहाँ’ एप सार्वजनिक, जसले दिनेछ ठेगानाकाे सम्पूर्ण समाधान

17.85K
shares

तपाईं कुनै कुराकाे ठेगाना थाहा पाउन कहाँ ? भनेर प्रश्न गर्नु हुन्छ । हामी पुग्ने स्थानबारे कुनै जानकारी छैन भने वा कुनै ठाउँकाे बारेमा जानकारी लिनुछ भने हामी कहाँ भनेर साेध्छाैं । कुनै ठाउँ, रेस्टुरेन्ट, घर, कार्यालय पुग्न तपाईंलाई सम्बन्धित व्यक्तिसँग साेध्नुपर्छ । अब तपाईंलाई कहाँ एपले तपाईंले खाेज्नु भएकाे ठाउँबारे जानकारी दिनेछ । कहाँ स्थानीयकण गरिएकाे एप हाे । यसलाई प्रयोग गर्न निकै सजिलो छ । नेपाली भाषामा समेत उपलब्ध यस एपलाई आइतबार सार्वजनिक गरिएकाे छ ।

मेसाेभिजन टेक्नाेलाेजीले विकास गरेकाे यस एपले केही क्लिकमै सोधिएका धेरै प्रश्नको उत्तर दिने छ । प्रविधिकाे चरम विकास भएकाे अवस्थामा पनि नेपालमा ठेगानालाई डिजिटलाइज्ड गर्न सकिएकाे छैन । विदेशमा हेर्दा ठाउँकाे चिनारी दिन सडक, गल्ली, घरलाई काेड नम्बर दिएर नक्सामा समावेश गरिएकाे पाइन्छ ।

कसैलाई घरमा बाेलाउनु पर्‍याे भने पहिले त्यस व्यक्तिकाे लाेकेसन साेधेर सवारी साधनमा फलानाे ठाउँमा झर्ने, त्यहाँबाट दायाँ लाग्ने, यस्ताे रंगकाे घर देखिन्छ, त्यसलाइ छाडेर अर्काे गल्ली लाग्ने भन्दै धेरै ठाउँकाे अवस्था वर्णन गरेर बाेलाउनु पर्ने अहिलेकाे अवस्था छ । अनलाइनबाट सामान किन्दा डेलिभरी गर्ने व्यक्तिलाई त्यसैगरी आफ्नाे लाेकेसन देखाउनु पर्छ । यस्ताे  समस्यालाई समाधान गर्न कहाँ एप सार्वजनिक गरिएकाे यस एपकाे विकासकर्ता नारायणबहादुर क्षेत्रीले बताए । 

कहाँ एपमा व्यक्तिगत ठेगाना र आफ्नाे व्यवसायलाई सूचीकृत गराउन सकिन्छ । आफ्नाे व्यवसाय सूचीकृत गरेपछि यसमा व्यवसायकाे ठेगाना, तस्बिर, उत्पादनहरूलाई व्यक्ति स्वयंले एपमा राख्न सक्छ । त्यसलाई अरू प्रयाेगकर्तालाई बाँड्न सकिन्छ । यस एपलाई प्रयाेगकर्तामैत्री बनाइएकाे  छ । यसमा सन्देश आदानप्रदानकाे सुविधासमेत छ । आफ्नाे समुदायमा भएका दुर्घटनाको स्थान, चोरी, आगलागी लगायतका असामान्य घटनाहरू रिपोर्टका लागि यस एपलाई प्रयोग गर्न सकिन्छ । व्यक्तिगत प्रयोगकर्ताहरूलाई ठेगानाका लागि स्थायी ट्यागहरू दिइनेछ । ती निजी हुनेछन् ।

कहाँ एपबाट आफ्नाे ठेगाना नजिकै पाइने वस्तु तथा सेवाकाे जानकारीसमेत पाउन सकिन्छ । कहाँ एपले प्रदान गर्ने ट्यागहरूमार्फत नजिकका, पसल, ग्यास डिपाे, बालुवा डिपाे, ब्युटीपार्लर, बार्वर सप लगायतका स्थानहरू खाेज्न सकिन्छ । यसमा होटेल, रिसोर्ट्स, गेस्टहाउस, विद्यालय, कलेजजस्ता स्थायी ट्यागहरू हुने एपका विकासकर्ता श्रेष्ठले जानकारी दिए ।