काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वभर कोरोनाबाट ३२ लाखको मृत्यु, १५ करोड संक्रमित 

17.56K
shares

विश्वभर कोरोना भाइरसबाट ३२ लाख भन्दा बढीको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै विश्वमा ९ हजार ९६९ जना संक्रमित थपिएका छन् । यससँगै विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ लाख १६ हजार ४१४ पुगेको छ ।

गत २४ घण्टाभित्र विश्वभर ६ लाख ८० हजार १६० कोरोना भाइरसका संक्रमित थपिएका छन् । वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या १५ करोड ३५ लाख ९४ पुगेको छ । गत २४ घण्टामा सबैभन्दा बढी भारतमा ३ लाख ७० हजार ५९ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा ३ हजार ४२२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । २४ घण्टाभित्र भारतमा मृत्यु हुनेको संख्या विश्वमै सबैभन्दा धेरै हो । भारतमा हालसम्म कोरोनाबाट १ करोड ९९ लाख २५ हजार ६०४ संक्रमित भएका छन् भने २ लाख १८ हजार ९५९ को मृत्यु भएको छ । 

त्यसैगरी ब्राजिलमा २८ हजार ९३५ जना संक्रमित थपिँदा तीन हजार १ हजार २१० जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म ४ लाख ७ हजार ७७५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ करोड ४७ लाख ५४ हजार ९१० पुगेको छ । सबैभन्दा बढी संक्रमित संख्या भएको राष्ट्र अमेरिकामा ३० हजार ७०१ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा थप ३१२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ३१ लाख ८० हजार ४४१ पुगेको छ भने ५ लाख ९१ हजार ६२ को मृत्यु भएको छ । 

पछिल्लो दिनहरूमा नेपालमा कोरोना संक्रमितको संख्या उच्च संख्यामा थपिदै गइरेहका छन् । बितेका २४ घण्टामा मात्रै ७ हजार १३७ संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ भने ३ हजार ३२५ जनाले ज्यान गुमाएका छन् ।