Nepalese Flag २०७८ वैशाख २३ गते बिहीबार   |   May 06, 2021

राकुटेन भाइबरको ‘न्यू इअर’ च्याटबटमा 'स्क्रयाच एन्ड विन'को मौका

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

राकुटेन भाइबरको ‘न्यू इअर’ च्याटबटमा 'स्क्रयाच एन्ड विन'को मौका

म्यासेजिङ एवं कलिङ एप राकुटेन भाइबरले नयाँ वर्ष र भक्तपुरको बिस्केट जात्रालाई भर्चुअल रुपमा मनाउन ‘न्यू इअर’ च्याटबट सुरु गरेको छ । कोरोना भाइरसको त्रासदीले गर्दा नयाँ वर्ष र जात्रालाई उल्लासमय रुपमा मनाउन भएको अवरोधमा यस च्याटबटले थप सहज हुने राकुटेन भाइबरको अपेक्षा छ ।

यसका लागि भाइबरले स्थानीय देशी बटलाई ‘न्यू बिगिनिङमा’ च्याटबटमा रुपान्तरण गरेको छ । यही च्याटबटलाई प्रयोग गर्दै शुभेच्छाका शब्दहरु पठाउन र ‘स्क्य्राच एन्ड विन’ खेल्नसमेत सकिनेछ । यसमार्फत प्रयोगर्कताहरुले भौचर कुपन, पेड स्टिकर प्याक, खल्ती क्रेडिट, केकेएफसी डिस्काउण्ट फूड भौचर र ४ वटा स्मार्टफोन आकर्षक उपहारहरु जित्न सक्नेछन् । यो योजना २०७८ वैशाख ७ गतेसम्म जारी रहनेछ ।

राकुटेन भाइबरको बारेमा

राकुटेन भाइबरले मानिसहरु बिचको भौगोलिक तथा भावनात्मक दुरी हटाउन मद्दत गर्छ । हाम्रो विश्वव्यापी प्रयोगकर्ताले वान अन वान च्याट गर्ने, भिडियो कल गर्ने, ग्रुप म्यासेज गर्ने, तथा आफ्नो प्रिय ब्राण्डहरु र सेलिब्रेटीहरुका साथमा छलफल र तिनको जानकारी राख्ने लगायतमा आफ्नो पहुँच राख्दछन् । प्रयोगकर्ताहरुले आफ्नो भावना सुरक्षित एवं स्वतन्त्र वातावरणबीच साटासाट गर्न सक्दछन् ।

राकुटेन भाइबर राकुटेन इन्कर्पोरेटको एक हिस्सा हो, जुन विश्वव्यापी रुपमा इ-कमर्स तथा वित्तीय सेवाहरुमा अग्रणी रहेको छ । भाइबर एफसी बार्सिलोनाको आधिकारिक सञ्चार माध्यम हो भने गोल्डेन स्टेट वारियर्सको आधिकारिक तत्काल म्यासेजिङ र कलिङ एप पनि हो ।

सम्बन्धित खबरहरु