Nepalese Flag २०७८ वैशाख २९ गते बुधबार   |   May 12, 2021

अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न अपिल

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न अपिल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अति प्रभावित १४ जिल्लामा विद्यालय बन्द गर्न अपिल गरेको छ । मन्त्रालयले कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै बिहीबार आठबुँदे अपिल जारी गरेको हो । मन्त्रालयले अति जोखिममा राखेका जिल्लामा काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ रहेका छन् ।

मन्त्रालयले धेरै भीडभाड हुने क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भए पनि विद्यालय, रात्री व्यवसायहरु, सात बजेपछि रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थलहरुमा सहभागी नहुनसमेत अपिल गरेको छ ।

सम्बन्धित खबरहरु