Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

थप ४९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४ हजार नाघ्यो

न्युज कारोबार काठमाडौं वैशाख २, २०७८       

थप ४९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ४ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ८२ हजार ५४ पुगेको छ ।

हाल देशभर ४ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६८ जना क्वारेन्टिनमा छन् । बिहीबार १५७ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोनाबाट निको हुनेको संख्या २ लाख ७४ हजार ६०४ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६६ पुगेको छ ।

सम्बन्धित खबरहरु