काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पछिल्लो २४ घण्टामा १४५ संक्रमित थपिए, ९० जना डिस्चार्ज, १ को मृत्यु

12.79K
shares

भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालमा पनि सभा, जुलुस लगायतका भीडभाड हुने कार्यक्रमहरू नगर्न सरकारले अनुरोध गरिसकेकाे छ । पछिल्लाे केही दिनयता नेपालमा काेराेना संक्रमितकाे संख्या पनि बढ्दै गइरहेकाे देखिएकाे छ । गत २४ घन्टाको अवधिभित्र ३ हजार ९ सय ६३ जनामा पीसीआर गर्दा नेपालमा १ सय ४५ जना नयाँ संक्रकित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको छ । अहिलेसम्म १ लाख ७९ हजार ३ सय १० पुरुष र ९७ हजार ७९ जना महिला संक्रमित भएका छन् । यीमध्ये १ हजार १ सय ८२ सक्रिय संक्रमित अवस्थामा रहेका छन् । हाल देशभर १ हजार १८२ संक्रमित आइसाेलेसन र ५२ जना क्वारेन्टिनमा छन् ।

देशभर थप ९० जनाले कोरोना जितेर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएकाे छ । पछिल्लो तथ्यांकअनुसार देशभर कोरोना जित्नेको संख्या २ लाख ७२ हजार १ सय ८७ जना पुगेको छ । निको हुने याे दर ९८.५ प्रतिशत हाे । पछिल्लो २४ घन्टामा थप एक जनाको कोभिड- १९ बाट मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ३ हजार २० जनाले काेराेनाका कारण ज्यान गुमाएकाे मन्त्रालयकाे तथ्यांक छ । तथ्यांकअनुसार नेपालमा २२ लाख ४८ हजार ९९३ जनामा पीसीआर गरिएको छ ।