काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल लाइफका २६७ अभिकर्ता एमडीआरटी क्लबमा

16.4K
shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका २६७ जना अभिकर्ता मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) क्लबमा आबद्ध भएका छन् । कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ द टेबल र ९ जना टप अफ द टेबल गरी २६७ जना अभिकर्ता एमडीआरटी २०२१ मा सहभागी हुन योग्य भएको कम्पनीले जनाएको छ ।

वार्षिक १० लाख अमेरिकी डलर वा ११ करोड रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गर्दै नेपाल लाइफका अभिकर्ता एमडीआरटी क्लबमा आबद्ध हुन पाएका हुन् । ती अधिकर्ताहरुले नेपाल लाइफलाई वार्षिक करिब ३० अर्ब रुपैयाँको व्यापार दिलाएका छन् ।

नेपाल लाइफले शुक्रबार एमडीआरटीमा आबद्ध हुन सफल अभिकर्तालाई राजधानीको ह्यात होलट भव्य कार्यक्रम गरी सम्मान गरेको छ । एमडीआरटी विश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था हो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल हुने बताए । अझै उत्साहका साथ अगाडि बढेर कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास उनले व्यक्त गरे ।