काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीमानले छाडेका २१ दिनकी सुत्केरीलाई खाद्यान्न र आर्थिक सहयोग

16.32K
shares

काठमाडौँको काँडाघारीमा बस्ने सुत्केरी विनिता भुजेललाई आज खाद्यान्न र आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । श्रीमानले छाडेर गएपछि डेढ महिनाकी सुत्केरी विनितालाई घरखर्च चलाउन समस्या भएको राससमार्फत समाचार सार्वजनिक भएपछि आज नगद र खाद्यान्नसहित गरेर २५ हजार रूपैयाँ बराबरको सहयोग गरिएको छ । 

काठमाडौँ काँडाघारी बस्ने ओखलढुंगाकी विनिता सुत्केरी भएको २१ दिनमा श्रीमान् देवकुमारले छाडेर गएपछि उनलाई अहिले दैनिकी चलाउन धौधौ परेको छ । सोही विषयमा समाचार प्रकाशित भएपछि धादिङ घर भई हाल जर्मनीमा बस्ने आशिका तामाङले झण्डै १५ हजार बराबरको नगद र खाद्यान्न सहयोग गरिन् । उनले सञ्चालन गरेको आशिका फाउन्डेशनमार्फत काठमाडौँ बस्ने तनहुँका सन्दीप बस्नेतले शनिबार चार हजार रूपैयाँभन्दा बढीको ग्यास, खाद्यान्न र नगद १० हजार हस्तान्तरण गरे ।

काँडाघारीस्थित कोठामै पुगेर सहयोग हस्तान्तरण गर्दै बस्नेतले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । उनले पारिवारिक समस्याका कारण पढाइ छाडेकी १२ वर्षीया छोरी सुमित्राको पठनपाठनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गोल्छा अर्गनाइजेशनअन्तर्गतको हुलास पावरका महाप्रबन्धक प्रितमकुमार काफ्लेले पनि आजै विनितालाई नगद १० हजार सहयोग गरेका छन् । उनले सुत्केरी विनितालाई एक्लै हुँदाको पीडामा केही राहत मिलोस् भनेर सहयोग गरेको बताए । समाचारमार्फत विनिताको समस्या थाहा पाएर अमेरिकामा बस्ने सरिता गुरुङले पनि १० हजार सहयोग गर्ने घोषणा गरेका छन् । अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ । 

चौध वर्षअघि प्रेमविवाह भएकामा अहिले विनिता २१ दिनको सुत्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन । उनले अर्कै महिला लिएर भागेको विनिताको आरोप छ । उनले गएको फागुन २० देखि श्रीमान् घरबाट निस्किएको र २९ गतेदेखि सम्पर्कविहीन भएको बताइन् । श्रीमानको खोजीका लागिसमेत उनले सबैमा अनुरोध गरेकी छन् । खोजी गरिदिन भन्दै प्रहरीमा समेत उजूरी परेको छ । (रासस)