काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आर्मी अफिसर्स क्लबमा आगलागी

14.57K
shares

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आगलागी भएको छ । काठमाडौँ प्रहरी परिसर प्रमुख अशोक सिंहले केहीबेर अघि लागेको आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । प्रहरीले विद्युत सट भएका कारण आगलागी भएको आशंका गरेको छ ।

दमकलको सहयोगमा आगगाली नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणका लागि नेपाली सेनाको एउटा दमकल र दुई वटा पानी ट्यांकर, काठमाडौं महानगरको दुई वटा दमकललगायत सेनाका झण्डै डेढ सय जना खटिएका थिए ।

क्लबको साउना गर्ने कोठामा आगलागी भएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । उनका अनुसार साउना कोठामा भएको आगो नियन्त्रणमा आइसकेको र कुनै पनि क्षति भएको छैन ।