काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इजरायलमा दुई वर्षभित्र चौथो पटक निर्वाचन हुँदै

20.01K
shares

इजरायलमा दुई वर्षभित्र चौथो पटक यही मार्च २३ मा नयाँ निर्वाचन हुने भएको छ । गत वर्ष भएको निर्वाचनमा कुनै पार्टीले बहुमत नल्याएपछि  प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जको सहयोगमा सरकार बनाएका थिए ।  

नेतन्याहु नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेका थिए । त्यसलगत्तै सरकारले निर्वाचन गर्ने तयारी गरेको थियो । प्रधानमन्त्री नेतन्याहुले कोभिड- १९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले बताएका छन् । 

अहिलेसम्म ४० प्रतिशतभन्दा बढी नागरिकलाई खोप दिन सफल इजरायली प्रधानमन्त्री नेतन्याहुले यस अभियानलाई आफू नेतृत्वको सरकारको प्रमुख सफलताका रूपमा उल्लेख गरेका छन् । प्रमुख प्रतिद्वन्द्वी गान्जले भने नेतन्याहुमाथि लगाइएका भ्रष्टाचार मुद्दालाई नै आफ्नो निर्वाचनको प्रमुख विषय बनाउने देखिएको छ ।