गृहपृष्ठ फोर्डको ‘इकोस्पोर्ट एसई’ सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
फोर्डको ‘इकोस्पोर्ट एसई’ सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता
नेपालका लागि फोर्ड गाडीका आधिकारिक विक्रेता जी.ओ. अटोमोबाइल्सले विश्वस्तरीय डिजाइनको फोर्डको नयाँ संस्करण इकोस्पोर्ट एसई (Ford EcoSport SE) गाडी सार्वजनिक गरेको छ । जसको पेट्रोल भेरियन्टको मूल्य ४७ लाख ५० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
‘फोर्ड इकोस्पोर्ट एसई’ नाम दिइएको यस नयाँ भेरियन्टमा डिजाइन संकेत अमेरिकी र युरोपेली कम्प्याक्ट एसयुभ लिइएको छ र यसमा पछाडि राखिने जगेडा चक्का रहने छैन । ‘ग्राहकहरू धेरैभन्दा धेरै विश्वव्यापी डिजाइन बेन्चमार्कलाई पछ्याउँदै र भिन्न एवं अद्वितीय वस्तुको चाहना राख्छन्, जस्तो कि इकोस्पोर्ट,’ फोर्ड इन्डियाका कार्यकारी निर्देशक विनय रैनाले भने, ‘फोर्ड इकोस्पोर्ट एसई आरामदायी हुनुको साथै यसमा प्रयोग गरिएको अभूतपूर्व सुरक्षाको व्यवस्था र सिंक- ३ जस्तो सबैभन्दा राम्रो प्रविधिले यसको विरासतलाई अझ उचाईमा पुर्याउनेछ ।’
नयाँ सुरुचिपूर्ण डिजाइन भएको टेलगेट, ड्युअ टोन पछाडिको बम्पर जसमा रहेको सिल्भर एप्लिकले यसको बनावटलाई झन आकर्षक बनाइएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार, यसका अलावा यस विशेष संस्करणको इकोस्पोर्टमा बोल्ड लुक्स र ग्रील, १६ इन्च एलोई ह्वील्स, उच्च ग्राउन्ड क्लियरेन्सको विशेषतालाई जोड दिइएको छ, जसले एसयुभी भेरियन्टलाई अझ बढावा दिने विश्वास गरिएको छ । इकोस्पोर्ट एसईमा राखिएको पन्चर किटले केही मिनेटमै टायर नझिकेरै पञ्चर मर्मत गर्न सकिने सुविधा प्रदान गर्नेे छ ।
टाइटानियम इकोस्पोर्टको यस विशेष संस्करणले उच्चतम् प्रविधि र कनेक्टिभिटीको विरासतलाई अघि बढाउँदै फोर्डको प्रसिद्ध सिंक-३ सूचना र मनोरञ्जन प्रणालीलाई एप्पल कारप्ले र एन्ड्रोइड अटोसँग एकीकृत गरेको छ ।
.jpg)
नयाँ इकोस्पोर्ट एसईमा विश्वसनीय १.५ लिटर टीआईभीसीटी (TiVCT) पेट्रोल इन्जिन राखिएको छ जसले यस सेग्मेन्टकै सबैभन्दा राम्रो १२२ पीएस पावर र १४९ एनएम टर्क उत्सर्जन गर्छ । डिजेल इन्जिन इकोस्पोर्ट एसईको छनोट गर्न चाहनेका लागि १.५ लिटर नेतृत्वदायी प्रदर्शन गर्ने टीडीसीआई (TDCi) उच्चस्तरीय डिजेल इन्जिनका साथ पनि यो गाडी उपलब्ध छ । जसले १ सय पीएस पावर र २१५ एनएम टर्क उत्सर्जन गर्छ ।
भारतीय अटो क्षेत्रको नेतृत्वदायी मिडिया अटोकार इन्डियाले २०२० को मर्मत रिपोर्टमा फोर्ड इकोस्पोर्ट मर्मत खर्चका हिसाबले एकदमै कम लागत भएको कारको सूचीमा राखेको थियो । जसलाई पनि यस गाडीको उपलब्धिको रुपमा लिन सकिन्छ ।
फोर्डले हालै २०२१ इकोस्पोर्ट लाइनअप प्रस्तुत गरेको थियो । जसमा निम्न अतुलनिय विशेषता रहेको उल्लेख गरिएको छ ।
• चालक र यात्रुको उच्च सुरक्षाका लागि यसमा ६ वटासम्म एयरब्याग राखिएको छ ।
• एप्पल कारप्ले र एन्ड्रोइड अटो कम्प्याटिबिलिटीलाई सिंक- ३ सूचना प्रविधिसँग जडान गरिएको छ जुन एसई सेग्मेन्टकै उत्कृष्ट हो ।
• ९ इन्चको टचस्क्रीन, इन्फोटेन्मेन्ट प्रणाली
• माथिल्लो भेरियन्टमा सनरुप समावेश गरिएको ।
• चालक सहायता सुविधासँग सम्बन्धित स्वचालित एचआइडी हेडलैम्प, DRL (Daytime Running Lights) इलेक्ट्रोकोमिक सिसा, वर्षाको समयमा सेन्सर वाइपरलगायत अन्य अतुलनीय सहज विशेषताहरु समावेश गरिएको छ ।
.jpg)
प्रकाशित समय : १९:२८ बजे


















