गृहपृष्ठ चांगान नेभो क्यू ०५ चितवनमा सार्वजनिक,अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१.९९ लाख
चांगान नेभो क्यू ०५ चितवनमा सार्वजनिक,अल्ट्रा भेरियन्टको विशेष मूल्य ५१.९९ लाख
काठमाडौं : एमएडब्लू वृद्धि अटोकर्पअन्तर्गतको अधिकृत चांगान डिलर राजहंस अटोमोबाइल प्रालिले चितवनमा नयाँ नेभो क्यू ०५ सार्वजनिक गरेको छ। कम्पनीले नेभो क्यू ०५ को अल्ट्रा भेरियन्ट विशेष मूल्य ५१.९९ लाखमा बजारमा ल्याएको छ।
ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म चितवनको रिजालचोकस्थित दीपल सोरुममा विशेष टेस्ट ड्राइभ गर्न सक्नेछन्। यो गाडी कम्प्याक्ट इलेक्ट्रिक एसयूभी हो, जसले कम्फर्ट, डिजाइन र प्रविधिमा पहिले श्रेणीको अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ।
आधुनिक परिवारको आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएको यो गाडीको कम्प्याक्ट बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक केबिन प्रदान गर्दछ। यसको सेग्मेन्टकै अग्रणी २,७३५ एमएम ह्वीलबेस र ८६.६ प्रतिशत केबिन स्पेस उपयोगिताले यात्रुका लागि पर्याप्त स्थान उपलब्ध गराउँछ, जसमा पछाडिको सिटमा तीन जना वयस्कले समेत आरामदायी रूपमा यात्रा गर्न सक्छन्।
पछाडिको सिटब्याकमा २८ र ३३ डिग्रीका दुईवटा रिक्लाइनिङ पोजिसन उपलब्ध छन् भने सिटमा एर्गोनोमिक ९ तहको निर्माण प्रयोग गरिएको छ। यो गाडीमा ५४० लिटरको डुअल–लेभल बुटसहित ९० लिटरको लुकेको स्टोरेज, २९ वटा व्यावहारिक स्टोरेज स्पेस तथा ६७ भन्दा बढी साउन्ड इन्सुलेसन तथा न्वाइज रिडक्सन पोइन्ट रहेका छन्। १.८ वर्गमिटरको प्यानोरामिक ग्लास रुफ तथा पावर्ड सनसाइड पनि उपलब्ध छ।
प्रकाशित समय : ११:२९ बजे


















