गृहपृष्ठ यामाहाको दशैं अफर : १० लाखसम्म पुरस्कार, एक जनाले R15 जित्ने
यामाहाको दशैं अफर : १० लाखसम्म पुरस्कार, एक जनाले R15 जित्ने
काठमाडौं । यामाहा नेपालले दसैंलाई लक्षित गर्दै ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ नामक नयाँ प्रवर्द्धनात्मक अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ग्राहकले यामाहाका मोटरसाइकल तथा स्कुटर खरिदसँगै विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् ।
यामाहाका अनुसार अभियानमा सहभागी हुन ग्राहकले क्यूआर कोड स्क्यान गरी रजिस्ट्रेसन गर्नुपर्नेछ । रजिस्ट्रेसन गरेपछि १ लाख रुपैयाँसम्मका पुरस्कार जित्ने अवसर रहनेछ भने खरिद गरेको सवारीसाधन भेरिफिकेसन गरेपछि १० लाख रुपैयाँसम्मको पुरस्कार जित्न सकिने कम्पनीले जनाएको छ ।
अभियान अवधिभर रजिस्ट्रेसन गर्ने ग्राहकलाई हरेक साता विभिन्न हाइटेक ग्याजेट जित्ने अवसरसमेत दिइनेछ । त्यस्तै, अभियानको ग्रान्ड प्राइजअन्तर्गत एक जना भाग्यशाली विजेताले नयाँ यामाहा R15 पाउने कम्पनीले जनाएको छ ।
दसैंको समयमा सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले स्पट एक्सचेन्ज तथा फाइनान्सको सुविधा पनि उपलब्ध गराएको छ । ग्राहकले पुरानो सवारीसाधन तत्काल एक्सचेन्ज गर्न सक्नेछन् । त्यस्तै, MAW हायर पर्चेजमार्फत सहज फाइनान्स सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यामाहाले ‘लैजाऊ घर, नागरिकताको भरमा’ योजना पनि ल्याएको छ । यसअन्तर्गत आवश्यक नागरिकताको कागजातका आधारमा सवारीसाधन घर लैजान सकिने कम्पनीको भनाइ छ ।
अभियानमा यामाहाका स्पोर्ट्स बाइक, कम्युटर मोटरसाइकल र स्कुटरसहित विभिन्न मोडल समेटिएका छन् । ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार सवारीसाधन छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
यामाहाले अभियानबाट प्राप्त आम्दानीको केही हिस्सा हालैको बाढीबाट प्रभावित समुदायको सहयोगका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा योगदान गर्ने घोषणा पनि गरेको छ । ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका लागि रजिस्ट्रेसन खुला भइसकेको छ । अभियानमा यामाहाका आधिकारिक नियम तथा सर्त लागू हुनेछन् ।
प्रकाशित समय : १०:२५ बजे


















