गृहपृष्ठ बसहरुमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सुविधा

बसहरुमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सुविधा

बसहरुमा बैंक अफ काठमाण्डूको ‘क्यूआर कोड’ सुविधा

बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्ने क्रममा पूर्वी नेपाल यातायात, कंकाईमाई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा सुरुवात गरेको छ । उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश नं १ को प्रादेशिक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधिहरुलाई क्यूआर कोड हस्तान्तरण गरे ।

सेवाको सुरुवातसँगै पूर्वी नेपाल यातायातमा काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि इटहरी हुँदै विराटनगर र धरानसम्म यात्रा गर्ने यात्रालाई बसमा राखिएको बैंक अफ काठमाण्डू लिमिटेडले हस्तान्तरण गरेको क्यूआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् । साथै, कंकाईमाई पाथीभरा यातायातद्वारा सञ्चालित ७ वटा बसहरुले काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि ईटहरी हुँदै विराटनगर र धरानसम्म बस सेवाको सुबिधा दिइरहेकोमा अबदेखि क्यूआर कोड स्क्यान गरी डिजिटल तबरले भाडा भुक्तानी गर्न सक्नेछन् ।

साथै, यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभिट्टा, बिर्तामोड, दमक, उल्र्लाबारी, बेलबारी, बिरोटचोकदेखि ईटहरी हुँदै विराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर कोड स्क्यान गरी डिजिटल तबरले भाडा भुक्तानी गर्न सक्नेछन् ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु