गृहपृष्ठ कर्णाली प्रदेशमा सिटिजन्स बैंकको सेमिनार सम्पन्न

कर्णाली प्रदेशमा सिटिजन्स बैंकको सेमिनार सम्पन्न

कर्णाली प्रदेशमा सिटिजन्स बैंकको सेमिनार सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा सेमिनार अन ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू – कर्णाली प्रोभिन्स २०८३/८४’ कार्यक्रम सम्पन्न गरेको छ ।

सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

कार्यक्रममा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका बजेट, रणनीतिक कार्य योजना एवं प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएकोे छ ।

कर्णाली प्रदेशको ८ जिल्लामा सिटिजन्स बैंकको ११ शाखा कार्यालयहरू सञ्चालनमा छन् । यस अघि नै बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्परेटिभ्स फर बागमती प्रदेश’, कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’, मधेश प्रदेशमा ‘ड्राइभिङ हाई–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३/८४’ र सुदूरपश्चिम प्रदेशमा ‘सेमिनार अन अनट्याप्ड पोटेन्सियल, युनिफाइड एक्सनः बजेट एचिभमेन्ट एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यु – सुदूरपश्चिम प्रोभिन्स (०८३/८४)’ कार्यक्रम सम्पन्न गरिसकेको छ ।

त्यसैको निरन्तरता स्वरूप कर्णाली प्रदेशमा यस किसिमको सेमिनार गरिएको बैंकले जनाएको छ ।

बैंकको गत आर्थिक वर्ष २०८२/२०८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले वृद्धि भई १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । निक्षेप संकलनमा पनि ९.२२ प्रतिशतको वृद्धि २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित समय : १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु