गृहपृष्ठ प्रभु बैंकले पहेंलो गुम्बालाई ६ थान बंक बेड हस्तान्तरण
प्रभु बैंकले पहेंलो गुम्बालाई ६ थान बंक बेड हस्तान्तरण
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंस्थित पहेंलो गुम्बामा आश्रय लिइरहेका विपद् प्रभावित परिवारका लागि ६ थान दुईतल्ले खाट (बंक बेड) हस्तान्तरण गरेको छ ।
प्राकृतिक विपद् तथा बाढीका कारण प्रभावित भई गुम्बामा आश्रय लिइरहेका परिवारको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै बैंकले बंक बेड उपलब्ध गराएको हो । यस सहयोगबाट राहत तथा आश्रयस्थलमा बसोबास गरिरहेका प्रभावित परिवारलाई थप सहज हुने बैंकले जनाएको छ ।
यसअघि पनि बैंकले विपद् प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सहयोग गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ११ लाख ११ हजार १११ तथा बैंकका सञ्चालक र कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको रु. ४० लाख ८० हजार ५० सहयोग गरेको थियो ।
त्यस्तै, बैंकले बाढी प्रभावित परिवारका लागि जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्यागसमेत हस्तान्तरण गरेको थियो ।
प्रभावित घाइतेलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ ।
बैंकले विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन नागरिकको शीघ्र उद्धार तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित समय : २०:३० बजे


















