गृहपृष्ठ माछापुच्छ्रे बैंकले बोलायो वार्षिक साधारण सभा, लाभांश पारित गर्दै

माछापुच्छ्रे बैंकले बोलायो वार्षिक साधारण सभा, लाभांश पारित गर्दै

माछापुच्छ्रे बैंकले बोलायो वार्षिक साधारण सभा, लाभांश पारित गर्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले २८ औं वार्षिक साधारण सभा असोज २८ गतेका लागि बोलाएको छ । असोज २ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा बोलाएको हो ।

साधारणसभाले ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) को प्रस्तावलाई अनुमोदन गर्नेछ । यस्तै अग्राधिकार सेयरधनीका लागि समानुपातिक रुपमा हुन आउने ७ करोड ४५ लाख रुपैयाँ वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गर्नेछ ।

साधारण सभाको क्रममा संस्थापक समूहतर्फ ३ जना संचालक र सर्वसाधारण समूहतर्फ १ जना संचालकको निर्वाचन पनि हुनेछ ।

प्रकाशित समय : १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु