आइतबारका लागि बोलायो एमालेले केन्द्रीय कमिटी बैठक
वि.सं.२०७७ फागुन २८ शुक्रवार १५:३५
shares

आउँदो आइतबार बस्ने गरी नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएको छ । दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बोलाइएको एमाले स्रोतले जनाएको छ ।
सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

























