काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

देशभर कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार नाघ्यो

12.22K
shares

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय १५ पीसीआर परीक्षण गर्दा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौँका २४, ललितपुरका ६ तथा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ । मंगलबार ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको छ।

देशभर हालसम्म सक्रिय संक्रमितको संख्या ८७० जना रहेका छन्। जसमध्ये ८७० जना आइसोलेसनमा र ५६ जना क्वारेन्टिमा छन् । कोरोनाबाट थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालायले जनाएको छ । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ।