सरकार र विप्लव समूहबीच पहिलो चरणको वार्ता सकियो
वि.सं.२०७७ फागुन १९ बुधवार १७:३९
shares

सरकार र विप्लव समूहबीच पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । दुबै पक्षको वार्ता टोलीबीच बुधबार बिहान पहिलो चरणको वार्ता भएको हो । मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।

























