काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रिय मानवअधिकारको टोली सुर्खेतमा

18.5K
shares

राष्ट्रिय मानवअधिकारको टोली सुर्खेत आइपुगेको छ । आन्दोलनमा होमिएको बादी समुदायको अवस्था बुझन् टोली सुर्खेत आएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि ९ दिनदेखि आन्दोलनरत समुदायमा टोलीले अनुगमन गरेको हो । मानवअधिकार आयोगको टोलीसहित मंगलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेशले समेत अनुगमन गरेको हो ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगञ्ज शाखाका प्रमुख झंकरबहादुर रावलले आयोगमा उजुरी नआए पनि उनीहरुको अवस्था बुझ्न आएको बताए । उनीहरुको गास, बास र कपासको अवस्थालाई स्थलगत रुपमा बुझेर आयोगमा रिपोर्ट गर्ने उनले बताए । ‘हामीहरुले स्थलगत अनुगमन गर्दा अवस्था एकदमै दयनीय पाइयो,’ उनले भने, ‘उनीहरुको मागलाई राज्यले सम्बोधन गर्नेपर्छ ।’ बादी समुदायको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने उनले बताए । यस विषयमा आफूहरुले केही भन्ने भन्दा पनि आयोगले नै केही निर्णय गर्ने उनले सुनाए ।

आयोगको टोलीसँगै स्थलगत अनुगमनमा गएका अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक कर्णालीका संयोजक नारायण सुवेदीले मानवअधिकारको रक्षाका लागि सरकारले उनीहरुको माग पूरा गर्नुपर्ने बताए । स्थलगत अनुगमन गर्दा मुख्य रुपमा गास, बास र कपासको निकै ठूलो समस्या भएको उनले बताए । आन्दोलनको पहिलो दिन नै आफूहरुले उनीहरुको मागको विषयमा बुझेको र संविधानको मौलिक हकमा व्यवस्था भएका कुरा नै उपभोग गर्न पाउने माग भएकोले राज्यले सम्बोधन गर्नुपर्ने उनले बताए । मौलिक हकमा भएको कुरालाई राज्यले पुरा गर्ने दायित्व भएकोले यसप्रति राज्य सचेत हुनुपर्ने उनले तर्क गरे । समयमै उनीहरुको माग पुरा नभएको खण्डमा भोलि हिंसा निम्तिने उनले बताए ।

लामो समयदेखि आन्दोलन नेतृत्व गरिरहेका हिक्मत बादीले आफूहरुको बाँच्न पाउने अधिकारलाई राज्यले कुण्ठित गरेको बताए । खानाको व्यवस्था निजी संघ संस्थाहरुले गरे पनि सरकारको तर्फबाट हुन नसकेको उनले बताए । मुख्यमन्त्रीको कार्यालय अगाडि नै धर्नामा बस्दासमेत मुखदर्शक भएर हेरेको उनले बताए । उनले माग पूरा नभएसम्म आन्दोलन अझ शसक्त बनाउँदै लैजाने बताए । आन्दोलनलाई थप बलियो बनाउन कर्णालीका सबै जिल्लाहरुबाट बादी समुदायको प्रतिनिधित्व भएको उनले बताए । उनका अनुसार जाजरकोट, दैलेख, सुर्खेत र कालिकोटका विभिन्न स्थानीय तहबाट आन्दोलनमा सहभागी हुने क्रम जारी रहेको छ ।

फागुन १० गतेदेखि निरन्तर आन्दोलनमा रहेको भूमिहिन समुदायका बालबालिका, बृद्धबृद्धा र सुत्केरी तथा गर्भवती खानै नपाएर बस्नुपर्ने अवस्था आएको सावित्रा बादीले बताइन् । उनका अनुसार आन्दोलनरत बादी समूदायलाई रातिको चिसो र दिउसोको घाम तथा धुलोले झाडापखाला तथा हैजा लाग्न सक्ने खतरा देखिएको छ । सरकारको तर्फबाट तत्काल हेल्थडेस्क व्यवस्था गरिदिनुपर्ने उनले बताइन् । शौचालय र खानेपानीको समेत समस्या निकै भएको उनले सुनाइन् ।