काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिंसाविरुद्ध चित्रकला प्रदर्शन

17.49K
shares

शान्तिका लागि साझा अभियान (कोक्याप) ले द्वन्द्व, जातीय भेदभाव तथा छुवाछूत, लैंगिक हिंसा, अन्याय र अत्याचारसम्बन्धी चित्रकला प्रदर्शन गरेको छ । आजदेखि सुरु भएको सो चित्रकला प्रदर्शनीमा चित्रकार रवि मिश्रद्वारा कोरिएका २० चित्र अनामनगरस्थित ‘कार्की निवास’ मा प्रदर्शन गरिएको छ ।

कोक्यापका कार्यकारी व्यवस्थापक सरोज नेपालले आज जनचासो र सामाजिक न्यायका विषयमा सबैको ऐक्यबद्धतासहित आवास बुलन्द बनाउनाका साथै राज्य र नागरिक समाजलाई जवाफदेही बनाउने उद्देश्यले प्रदर्शनको आयोजना गरिएको जानकारी दिए । प्रदर्शनीमा कोभिड- १९ को पछिल्ला नौ महिनालाई विश्लेषण गर्दै समाजमा खान नपाएर ज्यान गुमाउनुपरेको अवस्था, आत्महत्या गर्ने, घरेलु हिंसालाई पनि चित्रमार्फत प्रस्तुत गरिएको छ ।