global ime bank Long Banner Ad

गृहपृष्ठ वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला खतिवडा

वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला खतिवडा

वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला खतिवडा

नेपालकै सबैभन्दा ठूलो ब्रोडब्यान्ड सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले शृंखला खतिवडालाई सद्भावना दूत नियुक्त गरेको छ । शृंखला मिस नेपाल २०१८ हुन् ।

कार्यक्रममा वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले नेपालीलाई विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको बताए । ‘२५औं वार्षिकोत्सवका अवसरमा सद्भावना दूतका रूपमा शृंखलाजीले हाम्रो प्रतिनिधित्व गर्दा हामी निकै खुसी छौं,’ उनले भने, ‘उत्तम विचारसँगै सुन्दरता अनि सामाजिक हितका लागि आफ्नो ऊर्जाशील समय दिने उहाँ निकै नै दुर्लभ प्रतिभावान व्यत्ति हुनुहुन्छ । हामी जस्तै उहाँ पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुनुहुन्छ र सँगै काम गर्दा हाम्रा सेवाहरुका बारेमा बजारमा सही जानकारी प्रेषित गर्न सकिने विश्वास छ ।’

सद्भावना दूतका लागि सम्झौतामा हस्ताक्षर गरेपछि शृंखलाले नेपालको नम्बर एक ब्रोडब्यान्ड सेवाप्रदायकका रूपमा नेपालभर गरेको विस्तारित सेवाप्रति वर्ल्डलिंकले गरेको मेहनतको सराहना गरिन् । ‘यसको सद्भावना दूत हुन पाएकोमा निकै खुसी छु । वर्ल्डलिंक नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक मात्र होइन, डिजिटल नेपाल बनाउनका लागि सबैभन्दा धेरै योगदान पु‑याइरहेको संस्था पनि हो,’ उनले भनिन्, ‘साथै यो कम्पनी समाज हितका विभिन्न क्रियाकलापमा पनि संलग्न हुँदै आएको छ । नयाँ कामहरू गरिरहेका र उपभोक्तालाई उत्कृष्ट सेवा दिन उच्च प्रविधिको प्रयोग गरिरहेका नेपालका युवाका लागि वर्ल्डलिंक प्रेरणाको स्रोत बनिरहेको छ ।’

शृंखला सन् २०१८ मा मिस नेपालको २३औं संस्करणकी विजेता भएकी थिइन् । ‘मिस वर्ल्ड २०१८’ मा उनले उपाधिका लागि अन्य ११८ सुन्दरीसँग प्रतिस्पर्धा गरेकी थिइन् । त्यसमा उनी ‘उत्कृष्ठ बाह्रौँ’मा पर्न सफल भएकी थिइन् । उनलाई ‘ब्युटी विथ अ पर्पोज अवार्ड’ विजेता घोषित गरिएको थियो । यसबाहेक उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसकेकी छन् ।

सद्भावना दूत सम्झौता हस्ताक्षर कार्यक्रम वर्ल्डलिंकको मुख्य कार्यालय जावलाखेलमा भएको हो । कार्यक्रममा वर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवाल, बोर्ड निर्देशक मनोज अग्रवाललगायतको उपस्थिति थियो ।

प्रकाशित समय : १९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु