काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस

14.13K
shares

नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नतिको लागि संयुक्त राष्ट्रसंघले सिफारिस गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास नीतिसम्बन्धी कमिटीले गरेको यो सिफारिस सन् २०२६ देखि लागू हुनेछ । यसका लागि नेपालले पाँच वर्षभित्र प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांकमा निर्धारित शर्तअनुसार प्रगति गर्नुपर्ने हुन्छ ।

राष्ट्रसंघको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ । नेपालसहित लाओस र बंगलादेश पनि कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतीका लागि सिफारिस भएका छन् ।

राष्ट्रसंघीय विकास नीति कमिटी (सीडीपी)ले हरेक तीन वर्षमा गर्ने समीक्षात्मक विश्लेषण यही वर्षको फेब्रुअरी २२ देखि २६ सम्म गरेको थियो । सो समीक्षामा नेपालले अल्पविकसितबाट विकशील राष्ट्रमा स्तरोन्नति हुने मापदण्ड पूरा गरेको जनाइएको छ । प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आयको मापदण्ड मात्र पूरा गर्न बाँकी छ ।